भाटभटेनीद्वारा खानेपानी मन्त्री मार्फत सुदूर पश्चिम प्रदेश सरकारलाई २५ लाख सहयोग

समाचार

काठमाडौं । भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा सहयोग पु-याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारका लागि २५ लाख सहयोग गरेको छ ।
भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले आइतबार सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा गइ खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गर्नुभयो।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूर पश्चिम सरकारसंग खानेपानी मन्त्री मगरले समन्वय गरिरहनु भएको छ । सूदुर पश्चिम प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ।

कोरोना राहत कोषका लागि भाट भटेनीले उक्त सहयोग गरेको हो । मन्त्री मगरले सुदूर पश्चिम प्रदेश सरकारलाई उक्त चेक हस्तान्तरण गर्नुहुनेछ ।

चेक ग्रहण गर्दै मन्त्री मगरले भाटभटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोग प्रति धन्यवाद र आभार प्रकट गर्नु भयो । विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न उहाँले सबैलाई आव्हान समेत गर्नुभयो ।

उहाँले यस किसिमको सहयोगले कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *