हेटौंडामा ज्वरोबाट वृद्धाको मृत्यु, स्वाब परीक्षण गरिँदै

समाचार

हेटौंडा : मकवानपुरको हेटौँडामा एकजनाको ज्वरोका कारण मृत्यु भएको छ। बुद्धचोक निवासी करिब ८१ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि परिवारका सदस्यले स्वाब परीक्षणका लागि चिकित्सकलाई फोन गरेका थिए। केही दिनअघिबाट आएको ज्वरो नघटेपछि उनको मृत्यु भएको खुलेको छ।

ज्वरो आउनु अगाडि ती वृद्धा कुनै पनि स्थानमा आवतजावत नगरेको परिवारिक स्रोतले जानकारी दिएको हेटौँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताए ।   सम्भावित कोरोना संक्रमणको आशंकमा उनको स्वाब परीक्षणका लागि हेटौंडास्थित प्रयोगशाला पठाइएको खड्काले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *