अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार पाँच सय १३ पुगेको हो ।

बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सयभन्दा धेरैको मृत्यु भएको छ । यससँगै अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *