कोरोना नियन्त्रणमा जुटिरहेका डब्ल्युएचओ महासचिवलाई ज्यान मार्ने धम्की

अन्तर्राष्ट्रिय

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्‌। ‘गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार हुँदै आएको छ, व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुर्व्यवहार गर्ने समेतका व्यवहार देखिएको छ, मलाई कालो जाती वा हब्सी भनेर बोलाइएको छ।‘ बुधबार आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘ज्यान मार्नेसम्मका धम्की आएपनि मैले त्यस्ता धम्कीको मतलब गरेको छैन।’

व्यक्तिगत रुपमा जातीय समस्याबाट आफूलाई कसैले केही भन्छ वा गर्छ भने त्यसको प्रतिकार गरिने टेड्रोसले बताएका छन्‌। उनले भनेका छन्‌, ’कालो हुनुमा मलाई गर्व छ, म कालो छु, त्यसैले म हब्सी पनि हुँ।’ विश्वका नागरिकको स्वास्थ्यका लागि डब्ल्युएओ र आफू संवेदनशील रहेको उनले बताए। कोरोना भाइरसको नाममा राजनीति नगर्न पनि उनले आग्रह गरे।

चीन र अमेरिकासँग मिलेर काम गर्नलाई ट्रम्पलाई गरिएको आग्रहबारे पनि उनले जानकारी दिएका छन्‌। हालै विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग रोक्ने धम्की समेत आएको उल्लेख गर्दै टेड्रोसले भने, ‘तपाईंमा सहन सक्ने क्षमता छैन भने राजनीति गर्न सक्नुहुन्न, तर हामीले सहेरै यो अप्ठ्यारोलाई फुकाउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *