बेलौरी न.पा.– ३ मा राहात वितरण कार्यमा विवाद

विशेष

रमेश प्रसाद भट्ट/बेलौरी- बेलौरी नगरपालिका वडा नम्बर–३ मा राहात वितरण कार्यमा विवाद भएको छ । मंगलबार वडाले वितरण गर्न लागेको राहात वितरणका गर्ने क्रममा पारदर्शी तवरबाट वितरण कार्य नभएको भन्दै स्थानियले विरोध गरेपछि विवाद भएको हो ।

सत्यतथ्य रुपमा राहात कार्य वितरण नभएपछि स्थानियले विरोध गर्दा केहिबेर चर्काचर्की समेत भएको त्यहाका स्थानियले जनाएका छन् । राहात पाउने तथ्याङ्कमा केहि सहि भएतापनी धेरै जसो आफ्ना मान्छेलाई मात्र राहात दिन लागेको भन्दै स्थानिय बासिन्दाले विरोध जनाएको त्यहाका एक स्थानिय गगन बानियाले कञ्चनपुर खबरलाई बताउनु भयो ।

उता बेलौरी नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष नेत्रराज गिरीका अनुसार आफुबाट त्यस्तो नभएको बताउदै भने “हामिले संकलन गरी लिएको तथ्याङ्कको आधारमा राहात वितरण गरी रहेका छौ ।” कुनै काहीनेर त्रुटि भए सच्याएर अगाडि बढनेछौ उहाँले कञ्चनपुर खबर संगको कुरामा बताए । उहाँका अनुसार काम गर्ने सिलसिलामा केहि कमि कमजोरी हुन सक्छ, त्यसमा सुधार गरेर जान सकिने र फेरी हामी एक पटक संकलित विपन्न परिवालको लिष्टलाई हेरेर यदी कोहि वास्ताविक परिवार छुटेको भए समावेश गरी राहात वितरण गरिने बताए ।

मंगलबार राहात वितरणको विषयलाई लिएर स्थानिय अन्य गरिब तथा विपन्न परिवारका पिडितहरुले केहिबेर विवाद समेत गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रण बहादुर चन्दले बताउनु भयो ।

यसरी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्धारा गरीएको डक डाउनबाट गरिब, दैनिक ज्यालादारी गरी खाने वर्ग र विपन्न तथा अति विपन्न परिवारलाई राहात वितरण कार्यलाई सबै स्थानिय तहले गरीरहेका छन् । बेलौरी नगरपालिकाले अन्य वडाको सवालमा भने विना विवाद निष्पक्ष तवरबाट राहात वितरण कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *