नेपालका लागि आगामी दुई साता चुनौतीपूर्ण : प्रधानमन्त्री

समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीलाई सम्बोधन गरेका छन्। कोभिड-१९ भाइरसको महामारीविरुद्ध जुधिरहेको सरकारकोतर्फबाट ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्। उनले महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास गरिरहेको उनले बताए।

ओलीले अबका दुई साता नेपालीका लागि अझै चुनौतीपूर्ण हुने बताएका छन्। उनले समुदायस्तरमा परीक्षणका लागि सम्भावित जोखिम रहेका जिल्लामा टोली परिचालित भइसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *