विद्यालयमा क्वारेन्टाइन बनाउन दर्जन नियम

समाचार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा क्वारेन्टाइन बनाउँदा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा पुग्ने अवस्थामा रहेको र विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढ्ने देखिएकाले आचारसंहिता बनाउनुपरेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ ।

यस अनुसार विद्यालयमा कार्यरत शिक्षकलाई क्वारेन्टाइनको कार्यमा परिचालन गर्नुपर्ने आवश्यकता भएमा सुरक्षा उपकरण दिई परिचालन गर्न सकिने बाटो केन्द्रले खुला गरिदिएको छ । साथै क्वारेन्टाइनमा विद्यालयको शैक्षिक तथा सन्दर्भ सामग्री प्रयोग गर्न नपाइने, विद्यालयको कक्षा कोठामा आगो बाल्न नपाइने, विद्यालयको भौतिक सम्पत्ति भ्mयाल, ढोका, दराज, टेबल, कुर्सी धारा, पानी, शौचालय आदिमा क्षति पु¥याउन नपाइने आचारसंहिता तय गरिएको छ ।

क्वारेन्टाइनको अवधिभर विद्यायलमा कुनै पनि खालको असान्दर्भिक क्रियाकलाप गर्न नपाइने, विद्यालयको शान्ति क्षेत्रमा प्रभाव पार्ने तथा दीर्घकालीन रूपमा बालबालिकालाई भय सिर्जना गर्ने खालका काम गर्न नपाइने आचारसंहितामा समावेश गरिएको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *