सञ्‍चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध होस् : काउन्सिल

विशेष

काठमाडौँ — प्रेस काउन्सिल नेपालले कोभिड–१९ को जोखिम बढिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न सञ्‍चारकर्मीका निम्ति स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

काउन्सिलको आइतबार बसेको बैठकले कोभिड–१९ नियन्त्रणका लागि सबै प्रकारका सञ्‍चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन/प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, सङ्घ/प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

सङ्क्रमणबाट जोगिन सरकारले गरेको लकडाउनपछि नेपाली आमसञ्‍चारमाध्यमले खप्नुपरेको चरम पीडाको समीक्षा गर्दै विद्युत्, टेलिफोन, इन्टरनेटसहितका सञ्‍चार सामग्रीमा छुट र अनुदानको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ को सङ्क्रमण र रोकथामका लागि राज्य नै बन्दाबन्दी ‘लकडाउन’ रहेको अवस्थामा अहोरात्र खटिएर चेतनामूलक सूचना सामग्री सम्प्रेषण गर्न देशैभरका सञ्‍चारमाध्यमले निर्वाह गरेको भूमिको प्रशंसा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *