कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आफूखुसी राहत वितरण गरे कारबाही गरिने बताएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रशासन र स्थानीय तहको अनुमतिबिना केही व्यक्ति तथा संस्थाले राहत वितरण गरेको गुनासो आएपछि जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो।
राहत प्रणालीलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्न प्रशासनले अनुरोध गरेको छ। आफूखुसी राहत वितरण गर्ने जोकोहीलाई प्रशासनले नियन्त्रणमा लिई राहत सामग्र्री पालिकाको जिम्मा लगाई कानुनबमोजिम कारबाही गर्ने जनाइएको छ।


