बहराइनमा रहेका नेपालीहरुप्रति प्रधानमन्त्रीको चासो

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो राखेका छन् ।विश्वभरी कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भइरहेको बेलामा शनिबार प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सो बारेमा आफ्नो व्यक्तिगत आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् जानकारी दिएका हुन्। बहराइनका समकक्षीहरुले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयाेग गर्ने प्रतिबद्धता प्राप्त भएकाे प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

ओलीले यसैगरी अरु देशमा रहेका नेपालीहरुको अवस्थाको बारेमा अरु देशका सरकार प्रमुखसँग समेत छलफल जारी राख्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *