कञ्चनपुरका कुखुरा व्यवसाय मारमा, लाखौको क्षति

समाचार

कञ्चनपुर- कञ्चनपुरमा कुखुरा व्यवसाय मारमा पर्दा लाखौको क्षति भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाईरस (कोभिड १९) को कारणले कञ्चनपुरका कुखुरा व्यसायि मारमा पर्दा लाखौको क्षति भएको हो । नेपाल पुरै लकडाउनको अवस्थामा छ, यस्तो अवस्थामा कुखुरा व्यवसायि किसानहरुमा प्रत्यक्ष असर पर्दा लाखौ मुल्य बराबरको नोक्सानी भएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर १० का कुखुरा व्यसायी संघका सचिव समेत रहेका प्रकाश भट्टले भने, ‘ मेरो मात्रै करिब ५० लाख बराबरका कुखुरा रहेको र बजार नपाउदा सबै नोक्सानी हुने अवस्था पुगेको बताए ।’ उनका अनुसार आफुले पनि केहि कुखुरा खाल्डोमा हालेको सुनाउदै अबको नोक्सानी हुन नदिने बातावरण मिलाई दिन सरकार संग माग समेत गरेका छन् ।

अहिले उहाँ संग ४ देखि ५ किलो सम्मका करिब २२ हजार कुखुरा रहेका छन् । बजारमा पोल्टी व्यवसाय नखुलेपछि धेरै किसानले त केहिदिन अघि करिब २०÷३० लाख बराबको कुखुरा मर्दा नोक्सानी व्यहोरी सकेको अवस्था रहेको उनले कञ्चनपुर खबर संगको कुराकानीमा बताए । यस्तै सरकारले लकडाउन अवधिमा दाना आपुर्तिमा सहज हुने वातावरण मिलाउन निर्णय समेत गरेता पनि आफ्ना कुखुराले बजार नपाएपछि दाना किन्न समेत पैसा नभएको गुनासो व्यक्त गर्नु भयो ।

यस्तै बेलौरी नगरपालिका– ९ का अर्का किसान करम सिह रानाले भने, ‘मेरो पनि ५ हजार कुखुरा करिब १२ लाख मुल्य बराबरको नोक्सानी हुनमा पुगेको बताए ।’ उनले भने कुखुरा बेच्ने बातावणका लागि सरकार संग कुनै एक निश्चित समय तोकेर कुखुरा बच्न पाउने व्यस्था मिलाई दिन अनुरोध समेत गरेका छन् ।
यस्तै थुप्रै कुखुरा व्यवसायले बजार नपाउदा र सरकारले मासु बेच्न पाउने वातावरण नमिलाई दिदा पोल्टी व्यसायनै धरासय अवस्थामा रहेको बताए । दाना उद्योग समेत बन्द हुने अवस्थामा पुगेपछि झनै कुखुरा व्यसायिहरु मार्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *