नेपालमा कोरोनाका सातौं संक्रमित विरामि फेला परेका छन्।कोरोनाको छैटौं संक्रमित फेला परेको भोलि एक दिन पछि भारतबाट फर्किएका कास्कीका एक जना व्यक्तिमा कोरानाको संक्रमण देखा परेकाे हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ।
ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ।
नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखियो। यश अघिका संक्रमित सबै तेस्रो मुलुकबाट आएका थिए भने भारतबाट अाएका मध्ये ती पहिलाे व्यक्ति हुन्।

