धनगढीमा कोरोनाको परीक्षण सुरु

Uncategorized

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा नोवेल कोरोना भाइरस (कोभिड-१९)को परीक्षण सुरु भएको छ । कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटीपीसीआर जडान कार्य पूरा भएपछि बिहीबारदेखि प्रयोगशाला जाँच सेवा सुरु भएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।

संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानपछि परीक्षण सुरु भएको अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बताए । उनका अनुसार एउटा नमूनाको रिपोर्ट आउन करिब साढे एक घण्टा लाग्ने बताए ।

पहिले कोभिड-१९ को ननूना संकलन गरी काठमाडौं पठाउने गरिएको र त्यसको रिपोर्ट आउन एक साता लाग्ने गरेकोमा अब छिटो हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *