कञ्चनपुर –कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरमा रहेको महाकाली सुगर मिल ५ दिनका लागि खुला भएको छ । केहि दिन अगाडि कोरोना भाईरसको कारणले लडडाउन पालनामा सहयोग गर्न भनी जिल्ला प्रशासनको परिपत्र अनुसार बन्द रहेको सुगर मिल ५ दिनका लागि खुला भएको हो । मंगलबार राति देखि मिल सञ्चालन भएको छ ।
मंगलबार बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीको नेतृत्वमा त्यहाका स्थानिय र किसान हकहित संरक्षण समितिका पदाधिकारी विच किसानको बाकि रहेको उखु मिलले पोल्नु पर्ने सम्झौता बैठकबाट भएपछि मिल सञ्चालनमा आएको महाकाली सुगर मिलका प्रशासन प्रमुख कालि सिह ठगुन्नाले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

उहाका अनुसार अब किसानको बाकि करिब १ लाख क्वाईन्टल उखु मात्र रहेको र ५ दिनमा मिलले पेल्न सक्ने बताए । कोरोनाको जोखिमबाट सुरक्षित रहन मिलको आसपासमा मिलले सेनिट्राइज समेत छर्कने गर्ने निणर्य गरीएको उहाले बताए । बन्दको विचमा किसानहरुले मिल खुला हुनु पर्ने भनी मिलमा आएता पनि स्थानियहरुले कोरोनाको असुक्षाको कारण देखाउदै विरोध गरेपछि सञ्चालन हुन सकेको थिएन् । कोरोनाबाट बच्न मिलमा हेल्थ डेस्क पनि राखिएको मिलका प्रसाशन प्रमुख ठगुन्नाले बताए । यसरी बन्द मिल सञ्चालनमा आएपछि सबै किसाहरु खुशि भएका छन् ।


