विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड 19 को नियन्त्रण तथा रोकथामका लागि बेलौरी नगरपालिकाले विभिन्न जनप्रिय निर्णयहरु गरेको छ । सोमबार नगरपालिकाले कोरोना भाईरस रोकथाकका लागि स्वास्थ्यकर्मीलाई सय प्रतिशत प्रोत्साहान भत्ता देखि विरामीहरुको प्रयोगका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने सम्मका निर्णय गरेको हो ।
नगरापलिकाले कोरोको जोखिमलाई मध्यनजर गर्दे स्वास्थ्यकर्मीहरुको हकमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहान स्वरुप ५० प्रतिशत र क्वारेन्टाईन, हेल्थ डेस्क र आईसोलेसनमा खटिने कमचारीको हकमा खाईपाई आएको तलबको १०० प्रतिशत प्रोत्साहान भत्ता दिने निर्णय गरीएको नगरापलिकाका मेयर पोतिलाल चौधरीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।
त्यसै गरी लकडाउनको समय अवधि भरी अन्य विरामीलाई एम्बुलेन्स उपलब्ध गराए बाफत ५० प्रतिशत छुट र कोरोना संकास्पद विरामीका लागि संक्रमण अवधिभर आवत जावतका लागि निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरीएको समेत मेयर चौधरीले बताए ।
यस्तै कोरोना भाईरस नियन्त्रका तथा रोकथामका लागि आवश्यक पर्ने बजेट खर्च गर्न रकमलाई चालु शिर्षकको उपशिर्षकबाट छुट्याउने तथा आवश्यक थप जनशक्ति राखि परिचालन समेत गर्ने निर्णय भएको गरीएको छ । लक डाउनका समयमा सिमानाकाहरुमा आवत जावत नभएकाले त्यस ठाउँका हेल्थ डेस्कहरु आवश्यकता अनुसार परिचालन गर्ने निर्णय समेत गरीएको मेयर चौधरीले बताउनु भयो ।
अब उपरान्त बाहिरबाट आउने जो सुकैलाई क्वारेन्टाईनमा राखिने र हाल आईसोलेसनमा ३ जनाको उपचार गरिराखेको नगरापलिकाका कोभिड 19 का फोकल प्रसन मान बहादुर चन्दले जानकारी दिनु भयो ।


