महिला प्रहरीद्वारा सर्वसाधारणमाथि भएको दुर्व्यवहार: थाल्यो छानविन

विशेष

ड्यूटीमा बसेकी एक महिला प्रहरीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानविन शुरु गरेको छ । सामाजिक सञ्जालनमा महिला प्रहरीको उक्त व्यवहारको चर्को आलोचना भएपछि छानविन शुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सर्वसाधारणको चुल्होसँग जोडिएका समस्यामा ड्यूटीमा खटिएकी महिला प्रहरीले असहिष्णु बनेको भन्दै उक्त तस्वीरको अहिले सामाजिक सञ्जालभरि छरपस्त भएको छ । सडकमा अमानवीय तवरले कारबाही गर्ने ती प्रहरीले ‘कोभिड–१९’को स्लोगन लेखिएको प्लेकार्ड समेत बोकेकी छिन् ।

तर, उनको पहिचान र ठाउँ भने खुल्न सकेको छैन । घटना कुन ठाउँको हो भन्ने खुलिनसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआइजी विश्वराज पोखरेलले बताउनुभयो ।

“हामीले ठाउँको पहिचान गर्नै कोसिस गरिरहेका छौं ।” डीआइजी पोखरेलले भन्नुभयो। “सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौं ।” प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल फेसबूकमा समेत लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *