कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा गरेर करिब १५ वटा तरकारी हाट बजार छन् । हरेक दिन लाग्ने हाटमा मानिसहरुको बाक्लो भिड हुन्थ्यो । लकडाउनको समयमा पनि बिहान र बेलुकीको समयमा ती हाटबजारमा भिड घटेको छैन ।
लकडाउन भएपनि बिहान बेलुका तरकारी किन्नेको भिडले जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरको हाट बजार र खुल्ला बजारलाई खुल्ला मञ्चमा सारेर मानव दुरी कायम गरी सञ्चालन गर्ने नियम लगायो ।

