छनोट भइसकेका खेलाडीले अर्काे वर्ष पनि मान्यता पाउने

खेलकुद

कोरोना भाइरस संक्रमण त्रासका कारण एक वर्षपछि सारिएको टोकियो ओलम्पिक खेलकुदका लागि यसअघि नै सम्पन्न छनोट प्रतियोगिताले मान्यता पाउने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पछिल्लो निर्णय गरेको हो ।

यसै वर्षको जुलाई–अगस्टमा जापानको टोकियोमा हुने भनिएको टोकियो ओलम्पिक खेलकुद कोरोना भाइरसका कारण अर्काे वर्षका लागि सारिएको छ । प्रतियोगिताका लागि ६ हजार दुई सय खेलाडी छनोट भइसकेको आइओसीले जनाएको छ ।

आइओसीको यो निर्णयमा ओलम्पिक खेलकुदमा समावेश सबै खेलका अन्तर्राष्ट्रिय निकायले सहमति जनाइसकेका छन् । यो निर्णयले टोकियो ओलम्पिकका लागि छनोट भइसकेका सबै खेलाडीले राहत महसुस गरेका छन् । टोकियो ओलम्पिकमा ३३ खेल समावेश गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *