धनगढी,
धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ती संक्रमित युवकलाई चैत ११ गते सेती प्रादेशिक अस्पताल ल्याएर भर्ना गरेका व्यक्तिको प्रहरीले खोजी थालेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पताल सम्म पुगाउनेको खोजी सुरु गरिएको जानकारी दिए। ती युवकसँग अस्पताल पुगेका उनी अहिले प्रहरीको सम्पर्कमा छैनन्। युवकका सम्पर्कमा आएका अन्य व्यक्तिको समेत खोजी सुरु गरिने भएको छ।

