बेलौरी नगरपालिकाको आपतकालिन बैठक : नौ वटा निर्णय

समाचार

मंगलबार बेलौरी नगरपालिका द्धारा कोरोना नियन्त्रण सम्बन्धि आपतकालिन बैठक सम्पन्न भएको छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आपतकालिन बैठक सम्पन्न भएको हो ।

कोरोनाबाट बच्न सुरु देखिनै उच्च सतर्कता अपनाइएको र थप सतर्कता आपनाउन स्वास्थ्य स्रोत साधन जुटाउन बैठकको आयोजना गरीएको नगरपालिकाका स्वास्थ्य संयोजक मान बहादुर चन्दले जानकारी दिनु भयो ।। बेलौरी भारतीय नाका सँग जोडिएकाले उच्च सतर्कता अपनाउन बैठकबाट महत्त्वपूर्ण नौ वटा निर्णय गरिएको समेत स्वास्थ्य संयोजक चन्दले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

कोरोना भाइरसको महामारीलाई बेलौरी नगरपालिका भित्र फैलिन नदिन तथा शंकास्पद बिरामीहरुको समयमै उपचार तथा निदान गर्न उक्त आपतकालिन बैठक बसेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चोधरीले जानकारी दिनु भयो ।

मंगलबार बसेको बैठकले २४ सै घन्टा एम्बुलेन्स खटाएता पनि त्यसमा भेन्टिलेटर नभएकोले समस्या भएको भन्दै २ भेन्टिलेटर भएको एम्बुलेन्स यथाशीघ्र सम्बन्धित निकाय सँग माग गर्ने निर्णय गरेको नगरपालिकाका प्रबक्ता विनोद नेपालीले बताए। त्यस्तै संकास्पद बिरामीलाई धनगढी पुर्याउन लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले ब्यहोर्ने निर्णय गरिएको छ । स्वास्थकर्मीका लागी आवश्यक पि.पि.आई सामाग्री माग गर्ने देखि कालो बजारी नियन्त्रण गर्ने सम्मका निर्णय बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *