सर्वसाधारणलाई सम्झाइबुझाइ घरभित्र बस्‍न माइकिङ गरिरहेका छौं : नेपाल प्रहरी

विशेष

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बाहिर निस्केका सर्वसाधारणलाई सम्झाइबुझाई घरभित्र रहन आग्रह गरिएको बताए। ‘नागरिकले लकडाउन पालना गर्नु भनेको स्वअनुशासन पनि हो, हामीले यो बेला बल प्रयोगलाई प्राथमिकतामा राखेका छैनौं, यदि कसैले अटेर गर्छ, हुलहुज्जत गरेर निस्कन खोज्छ भने मात्रै बल प्रयोग गर्न स्पष्ट निर्देशन दिएका छौं।’

मंगलबारदेखि लागू भएको लक डाउन मेडिकल कर्फ्यु आदेश जस्तै भएको प्रवक्ता क्षेत्रीले बताए। बिहान ११ बजे सम्म देशभर लकडाउन लागू गर्ने क्रममा कुनै अप्रिय घटना नभएको उनले बताए।

नेपाल-भारत सीमा नाकाका केही स्थानमा भारतबाट आउन खोज्‍ने नेपालीले नाराबाजी गरेको तर स्थिति नियन्त्रणमा रहेको उनले बताए। लकडाउनसँगै देशभर सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्य कर्मीका टोली तैनाथ छन। अस्पताल र क्वारेन्टाइन सुरक्षामा सेनासहितको टोली खटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *