आज देखि घर बाहिर निस्कन बन्देज

विशेष

सरकारले चैत्र ११ गते मंगलबार आज बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि बाहिर निस्कन नपाउने निर्णय गरेको छ ।

त्यस्तै कुनै पनि सार्वजनिक यातायात पनि चलाउन नपाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सोमबार सिंहदरवारमा उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण नियन्त्रण समितिको बैठक पछि पत्रकारहरूलाई जनाकारी गराइएको छ ।

संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम सो निर्णय भएको र कसैले उल्लङ्घन गरे सोही कानुन अनुसार कारवाही हुने पत्रकार सम्मेनलमा सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *