बेलौरी- बेलडाँडी द्धारा कोरोना भाइरस (Covid-19) सम्बन्धी उच्च सतर्कता अपनाइएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीलाई मध्यनजर गर्दै सरकारले विभिन्न निर्णयहरू सार्वजनिक गरेपछि नगरवासी एवम् आम-सर्बसाधारण नागरिकहरुलाई उच्च सतकर्ता अपनाउन अपिल गरिएको हो । बन्दले कञ्चनपुर जिल्लानै सुनसान बनेको छ ।
यस्तै, कोरोनाको जोखिमबाट बच्न नगर तथ्याङ्क संकलन समिति गठन गरि वडाहरुमा परिचालन गरिएको जनाइएको छ । यस्तै बेलडाँडी-बेलौरी बजार, गोकुलपुर र कलकत्ता बजार लगायत आसपासका अधिकांश बजार सोमबार बाट बन्द गरिएको छ । बेलडाँडी-बेलौरी बजारको विभिन्न स्थानमा पानी टयाङ्ककी राखी हातधुने व्यवस्था समेत मिलाइएको छ । भने प्रत्येक वडामा कोरोना सम्बन्धी जनचेतना मुलक सन्देश समेत प्रवाह भैरहेको छन् ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि नेपाल सरकारले लामा दूरीका सवारी साधन चल्नबाट रोक लगाउनेदेखि लिएर भीड भाडमा नजान, सार्वजनिक कार्यक्रम स्थगित गर्न र सकेसम्म घरबाहिर ननिस्कन निर्देशन दिए अनुरुप बेलौरी नगरपालिकामा पनि उक्त अभियान चलाइएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए ।
यस्तै पुनर्वास र लालझाडिमा समेत उच्च सतर्कता अपनाईएको छ । पुनर्वासमा विशेष निगरानीका साथ साबधानी अपनाईएको पुनवाृस नगरपालिकाका मेयर जिवन थापाले बताए ।
यसैगरी सोमवार बेलडाँडी गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार कोरोनाको संक्रमणबाट बाँच्नका लागि कोरोना भाइरस रोकथाम समिति र ६ ब्याडको आईसोलेशन केन्द्र समेत स्थापना गरेको बेलडाँडी गाउँपालिकाले जनाएको छ । क्वारेन्टाईनमा रहेका संस्कापद बिरामीलाई उपचारका लागि ल्याईने गाउपालिका अध्यक्ष धनबहादुर थापाले कञ्चनपुर खबरलाई जानकारी दिए ।

उनका अनुसार बेलडाँडी स्वास्थ्य केन्द्रको नयाँ भवनमा डक्टर रविन्द्र रोकाया (रबी) को संयोजकत्वमा ३ सदस्यि टोली खटाएको बताउनु भयो ।
यसैगरी कोरोना भाइरसको जोखिमबाट बच्न एवम् र सावधानी अपनाउन नगरपालिकाको आकस्मिक बैठक बसी ३ बुदें निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टले बताए ।

भारतिय सिमा नाका बाट पशुपन्छी जन्य चिज बस्तु खाद्यपदार्थ लगायतका सामग्री आयात निर्यातमा रोक, निर्धारित समयमा लक डाउन साथै नगर तथ्याङ्क संकलन समिति समेत गठन गरिएको नगर प्रमुख चौधरीले बताए ।
सोहि निर्णय अनुसार नै सोमबार बेलौरी नगरपालिका १ र २ सिमावर्ती क्षेत्रमा जेसिबि लगाइएको छ । नगरपालिका भित्र पर्ने खुला सिमानाका बाट रातारात सिमा वारपार गर्नेहरूलाई मध्यनजर राख्दै त्यस्ता नाकामा खाल्डो पारेर नाला निर्माण गरेको प्रमुख चौधरीले जानकारी दिए ।
भने क्वारेन्टाइनको बिषयमा मंगलबार छलफल गरिने नगर प्रमुख चौधरीले बताए । यस्तै अर्को सुचना जारी नहुन्जेलसम्म दक्षिणी खुला सिमानाका पुर्णरुपमा बन्द गरिएको प्रहरीले जनाएको छ । भने सरकारले मंगलबारबाट पूर्ण रुपमा ‘लक डाउन’ गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले मंगलबारबाट एक हप्ताका लागि ‘पूर्ण लक डाउन’को निर्णय गरेको हो । मंगलबार बिहान ६ बजेबाट लागु हुनेगरी अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाइने छैन । औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर नकिस्किन सरकारले आदेश दिएको हो ।
सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय पनि गरेको छ । हवाई उडानहरु पनि बन्द भएका छन् । सुरक्षा निकायले प्रयोग गर्ने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

निजी क्षेत्रका उद्योगहरु तथा कलकारखानामा कार्यरत श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक नीजि क्षेत्रबाट सञ्चालित उद्योगमा कार्यरत कार्मचारीहरुको विदा मिलाउन निर्देशन दिएको हो ।
यसैगरी स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बधित कार्यालय प्रमुखले विदा दिने निर्णय पनि भएको छ ।

