बिहानैदेखि कञ्चनपुर ‘लक डाउन’

समाचार

कञ्चनपुर,
सोमबार बिहानैदेखि कञ्चनपुर ‘लक डाउन’ भएको छ । कोरनाको उच्च जोखिम भन्दै कञ्चनपुर ‘लक डाउन’ घोषणा भएको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोरना संक्रमण जोखिम न्यूनिरण समितिको बैठकले अनिश्चितकालका लागि अर्को सुचना जारी नहुन्जेलसम्म नाका पुर्ण बन्द गरिने र जिल्ला लकडाउन गर्ने निर्णय अनुरुप जिल्ला कलडाउन भएको हो ।

लकडाउनका कारण सदरमुकाम महेन्द्रनगर, ब्रम्हदेब, दोधाराचाँदनी, दैजी, बेलडाँडी, बेलौरी, पुनर्वास, गुलरिया, झलारी क्षेत्रका बजार बन्द भएका छन् । बजारमा आवत जावतमा समेत रोक लगाईएको छ । अनावश्यक भिडभाँड हुन दिएको छैन् । छिटपुट चिया, दुत, औषधी पसल बाहेक अन्य व्यवसायिक पसल बन्द भएका छन् । बजार क्षेत्रमा स्थानीयको आउजाउ समेत पातलो देखिएको छ । भारतबाट आएका यात्रु बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाएको छ । भने राजमार्ग क्षेत्र बजार सुनसान भएको छ ।

दैनिक उपभोग्य समान खाद्य, दूत, औषधी, पानी, पेट्रोलियम पदार्थ र उद्दार एव राहत कार्यमा संलग्न यातायात बाहेक अन्य प्रकारका पसल, व्यवसाय, उद्योग कलकारनाखाना समेत ९ चैत्र राती १२ बजेदेखि बन्द गर्ने निर्णय गरिएको थियो ।

सर्वसाधारण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि बाहिन ननिस्कन आब्हान गर्ने र सुचनाको बर्खिलाप बिना कारण घर बाहिर निस्किएको पाईएमा सुरक्षाकर्मी र अधिकारप्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरि कानुन बमोजिम कार्बाहीको चेतावनी दिईएको छ ।

बैठकले मंगलबारदेखि गड्डाचौकी नाकाबाट पैदल यात्रु समेत बन्द गर्ने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी प्रशाद खतिवडाले चैत्र ११ गते बिहन ७ बजेदेखि लागु हुने गरेर पैदल यात्रु समेत आवत जावत गर्न रोक लगाईएको बताए । ‘यस नाकाबाट हामीलाई उच्च जोखिम देखियो, ‘प्रजिअ खतिवडाले भने, ‘तत्तकाल नाका बन्दगर्नुपर्ने देखिएकाले यस्तो निर्णय लिएका हौँ ।’ यस अघि नै कञ्चनपुरका अन्य बेलौरी, पुर्नवास, बेलडाँडी र दोधाराचाँदनीका नाका बन्द गरिएका थिए । यस्तै बैठकले कञ्चनपुरमा सीमा नाकाहरुमा रहेका मदिराका पसल समेत बन्द गर्ने निर्णय गरेको छ ।

बजार अनुगमनको कार्यलाई तिव्रता दिने समेत समेत निर्णय गरिएको छ । अनुगमन समिति र सुरक्षा निकायबाट आग्रह भएकाले अवस्थामा कोरोना संक्रमण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन आवश्यक देखिएमा कुनैपनि काममा सहयोग गर्नु सबै नागरिकको दायित्व भएको हुँदा नागरिक दायित्व विपरित असहयोग गर्ने क्रियाकलापमा संलग्न व्यक्ति र संस्थालाई कानून बमोजिम कार्बाही गर्ने निर्णय गरिएको छ । कोरनाका कारण स्थानीय समेत त्रसित भएका छन् ।

भारतमा कोरना भाईरस (कोडिभ–१९)को संक्रमण फैलिन थालेपछि एकैदिन पश्चिमी नाका गड्डाचौकीबाट १९ हजार २४ जना नेपाली भित्रिए । शनिबार दिउँसो १६ हजार ७ सय ९९ र रातभर २ हजार २ सय २५ जना नेपाली नागरिक स्वदेश भित्रिएपछि कोरनाको संक्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

आईतबार नेपाल भित्रिने संख्याको ह्वात्तै घटेको छ । आइतबार २ हजार १ सय ४५ जना भित्रिएका छन् । ५ सय ५७ महिला र १ हजार ८सय ७६ पुरुष भित्रिएका थिए । गडडाचौकी हेल्थ डेस्कका स्वास्थयकर्मी गौरीलाल जोशीले सोमबार बिहान १० बजेसम्ममा १६ महिला र ३ सक्ष्य ५८ पुरुष गरि ३ सय ७४ जना भित्रिएको बताए ।
आईतबारदेखि भारतमा जनता कफ्र्य लागेपछि त्यहाँबाट आउने नेपालीको संख्या घटेको हो । शनिबारको तुलनामा आईतबार ९३ प्रतिशतले स्वदेश फर्किने नेपाली घटेका छन् ।
उक्त नाकामा शनिबार दुई जना र आईतबार एक जनालाई हेल्थ डेस्कबाट थप उपचारका लागि महाकाली अस्पताल पठाईएपछि उच्च जोखिम बढेको स्थानीय अधिकारीले चिन्ता व्यक्त गरेका छन् । संकास्पद तीनै जनाको महाकाली अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको नमुना संकलन गरेर परीक्षणका लागि पठाईएको छ ।

कोरनाबाट पुर्व सर्तकताका लागि भीमदत्त नगरपालिकाले एक सय सैयाको क्वारेटाईन स्थापना गरेको छ । भने महाकाली अस्पतालले सात सैयाको आईसोलेशन कक्ष संस्थापन गरेको छ । यस्तै बेदकोट नगरपालिकाले ६सैयाको आईसोलेशन कक्ष स्थापना गरेको छ । सोमबारदेखि लागु गर्ने हिसाबले कञ्चनपुर कलडाउन समेत गरिएको छ ।

भारतमा समेत कोरनाका संक्रमणको देखिएकाले गड्डाचौकी नाकाबाट दैनिक हजारौँको संख्यामा नेपाली भित्रिन थालेपछि उच्च जोखिम बढेको भन्दै ११ चैत्रदेखि गड्डाचौकी नाका पुर्ण बन्द गरिने भएको छ ।

संचार माध्यम र समाजिक सञ्जाल समेतबाट गलत, भ्रामक अफवाह फैलाउने खालका सूचना प्रशासन प्रसारण गर्ने व्यक्ति तथा संस्थालाई समेत कानून बमोजिम कार्बाही गर्ने निर्णय गरिएको छ ।

२३ फागुनदेखि ९ चैत्रसम्म १७ दिनमा गड्डाचौकी नाबाटबाट ७० हजार नागरिकले नेपाल प्रवेस गरेका छन् । सबैभन्दा बढि शनिबार १६ हजार ७ सय ९९ ले नेपाल प्रवेस गरेका छन् । २३ फागुनदेखि भीमदत्त नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेर यात्रुको स्वास्थ्य चेकजाँच गरिरहेको छ ।

गते गत शनिबारदेखि नेपाली सेनाले समेत गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्क स्थापना भएदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत खटिएका थिए । कञ्चनपुर उद्योग वाणिज्य संघले कोरना बिरुद्ध सरकारले गरेका निर्णयमा ऐक्यबद्धता जनाउदै, चैत्र १० देखि २१ गतेसम्म व्यवसायिक प्रतिष्ठान बन्द गरिदिन आब्हान गरिएको छ । अति आवश्यक व्यवसायिक प्रतिष्ठान बेलुकी ६ देखि ८ बजेसम्म खोल्न अनुरोध गरिएको छ । कालोबजारी गर्नेमाथी कार्बाही हुन समेत चेतवानी दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *