कोरोना रोकथामका लागि गैरआवासीय नेपाली संघको एक करोड सहयोग

Uncategorized

गैरआवासीय नेपाली संघले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।

संघको बैठकले कोषाध्यक्ष महे कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ छ भने उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्नेसमेत तयारी गरेको छ ।

यसअघि संघले कोरोना भाइरस संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *