प्रवासी नेपालीलाई स्वदेश फर्कन रोक लगाउने निर्णय अव्यवहारिक : कुमार पन्त

विशेष

गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले लगाएको अल्पकालीन रोकबारे आपत्ति जनाएको छ । कोरोनाको जोखिमलाई देखाउँदै सरकारले लगाएको रोक अव्यवहारिक भएको संघको ठहर छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीबार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा उनले सरकारी निर्णयको आलोचना गरे । अध्यक्ष पन्तले पन्तले महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन लगाएको रोक व्यवहारिक नभएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *