सहिद गोविन्द गौतमकी आमाको निधन भएको छ। देशको सीमा रक्षाका क्रममा भारतीय एसएसबीको गोली लागेर सहिद भएका गौतमकी आमा हरीदेवीको निधन भएको हो। उनी केही दिनदेखि बिरामी परेकी थिईन्। उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागी लगिएको थियो।
बिहिवार अस्पतालबाट डिस्चार्ज भएर घर ल्याईएकोमा गयराती निवासमा मृत्यु भएको हो।

