कैलालीको गोदावरीमा विस्फोट : एक जनाको ज्यान गयाे

समाचार

कैलाली – कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट हुँदा १ जनाको ज्यान गएको छ । जंगलमा फेला परेको वस्तु आगोमा राख्ने क्रममा विस्फोट भएर फुलबस्तीका नरबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा गएको नगरपालिकाका प्रमुख हरिसिंह साउदले बताउनुभयो । विस्फोट भएको वस्तु विस्फोटक पदार्थ हो वा होइन भन्नेबारे सुरक्षाकर्मीले अध्ययन गरेपछि मात्रै थाहा हुने नगरपालिकाका प्रमुख साउदले उज्यालोलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *