भारतबाट आउने हरेक नेपालीको निगरानी गरिने

समाचार

सरकारले भारतबाट आउने हरेक नागरिकको निगरानी गर्ने बताएको छ । नेपाल–भारत सीमा नाका बन्द भइ नसकेको अवस्थामा गृह मन्त्रालयले आइतबारदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार नेपाल प्रवेश गर्ने व्यक्तिको यात्रा निगरानी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको छ । अब  भारतसँगै अन्य मुलुकबाट आउने नागरिकमाथि पनि निगरानी हुनेछ ।

नेपाल प्रवेश गर्ने नागरिकको संक्षिप्त विवरण लिएर निजहरु कुन जिल्ला, कुन स्थानीय तह र वडामा जाने हो, त्यसको विवरण राख्न भनिएको छ’, अधिकारीले अनलाइनखबरसँग भने, ‘उनीहरुको स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था पहिचान गरेर सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन पनि भनेका छौं ।’

यसबारे सीमामा बस्ने सुरक्षा अधिकारीले सम्बन्धित जिल्ला वा स्थानीय तहलाई जानकारी गराउनुपर्ने भनिएको छ । जिल्ला र स्थानीय प्रशासनले पनि हरेक गाउँ, वडामा नयाँ मान्छे आए/नआएको विषयमा निगरानी गर्नुपर्ने निर्णय भएको अधिकारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *