प्रहरीलाई बिदा बस्न रोक

विशेष

देशमा कोरोना संक्रमण भए कसरी काम गर्ने भन्नेबारे नेपाल प्रहरीले आन्तरिक कार्ययोजना बनाएको छ । संगठनकै सदस्यमा सतर्कता बढाउनेदेखि पुलिसिङको योजनासमेत बनाएको छ ।

सतर्कताअन्तर्गत भिडभाड हुने क्षेत्रमा खटिँदा अनिवार्य रूपमा मास्क लगाउन थालिएको छ । बुधबार उपत्यकामा कार्यरत सबै प्रहरीलाई मास्क वितरण गरिएको छ । मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नसमेत निर्देशन दिइएको छ ।

संगठनमा एकजनालाई संक्रमण भएमा एकैपटक धेरैमा फैलन सक्ने भएकाले कतिपय कार्यालयमा थर्मल गनमार्फत ज्वरो नाप्नसमेत थालिएको छ । हिरासतमा उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *