विश्वविद्यालयको पठनपाठन चैत ३० गतेसम्म बन्द गर्न सरकारको निर्देशन

समाचार

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पूर्वतयारीका लागि चैत ३० गतेसम्म विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।  बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ,“२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने  । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *