राजपा संयोजकमा शरतसिंह भण्डारी

समाचार

राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको संयोजक शरतसिंह भण्डारी भएका छन्।  बुधबारदेखि भण्डारीलाई राजपा संयोजकको जिम्मेवारी दिइएको हो।

राजपामा चक्रिय प्रणालीअनुसार अध्यण मण्डलका संयोजक फेरबदल भइरहन्छन्। पार्टीका प्रवक्ता केशव झाका अनुसार आजदेखि अध्यक्ष मण्डलको संयोजक भण्डारी भएका हुन्।

सांसदसमेत रहेका भण्डारीले यसअघि पनि अध्यक्ष मण्डलको संयोजक भएर काम गरेका थिए। राजपाले महाधिवेशनसम्मका लागि भन्दै चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलका संयोजक राख्ने बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *