क्रान्तिकारीद्वारा जङ्गे पिलरको आधारमा सीमा नक्साङकनको माग

समाचार

अखिल क्रान्तिकारी सेती महाकाली क्षेत्रीय समन्वय समितिले कञ्चनपुरमा भईरहेको सीमा नक्साङकनको काम वैज्ञानिक ढङगबाट जङ्गे पिलरको आधारमा नक्साङनको माग अघि सारेको छ ।

नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले मंगलबार विज्ञप्ती जारी गर्दै सहायक सीमा पिलरको कार्य वैज्ञानिक नक्साङकनका आधारमा गर्नुपर्ने सुझाव दिएको छ ।

संयुक्त टोलीद्वारा कैलालीको खगौलादेखि कञ्चनपुरको ब्रम्हदेबसम्म निर्माण गरिरहेको सीमा पिलरको काम बेलडाँडी गाउँपालिका ३ वैवाहमा गाडिएको ७८३÷४ नम्बर सीमा पिलर नेपाली भूमी मिचिने हिसाबले भईरहेको प्रति आपत्ति जनाईएको छ ।

अखिल क्रान्तिकारी सेती महाकाली संयोजक बिरेन्द्र शाहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा नेपाली भूमि मिचिने हिसाबले भईरहेको सीमा पिलर मर्मत काम रोक्न समेत माग अघि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *