बेलडाँडीका महिला समाजसेवीद्धारा विद्यार्थीलाई मास्क वितरण

समाचार

बेलडाँडीका महिला समाजसेवी  शान्ति नाथ र गौरी उपाध्यायद्धारा विद्यार्थीलाई निःशुल्क मास्क वितरण गरेका छन् । महामारीमा रुपमा विश्वभरी फैलिरहेको कोरना भाईरसबाट जोगिनका लागि मास्क वितरण गरीएको हो ।  बेलडाँडी गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा मास्क वितरण गरेका हुन् । शनिबारदेखि मास्क वितरण गरिरहेका गरेका थिए ।

पहिलो दिन रौलेश्वर माविका शिशु र कक्षा १ का  विद्यार्थीलाई मास्क वितरण गरेका हुन् ।  बेलडाँडी गाउँपालिकाका सि अहेब महेश खत्रीले सफासंग हात हुने र कोरनाबाट बाँच्ने उपायाबारे सचेत गराएका थिए ।

बेलडाँडीकी महिला अगुवा शान्ति नाथले बेलडाँडी गाउँपालिका क्षेत्रका रौलेश्वर सहित, सिद्धनाथ, शैलेश्वरी, बैजनाथ, सरस्वती जनता, सिद्धनाथ, गणेश मावि, कञ्चन, सरस्वती र निजी कञ्चन ग्यालेक्सी, नवज्योती र गुरुकुल एकेडेमीका ४६० जना विद्यार्थीहरुलाई मास्क वितरण गरीएको बताउनु भयो । काँग्रेस नेतृ समेत रहेकी नाथले गाउँघरमा कोरनाबाट सावधानी अपनाएर बाँच्नका लागि मास्क वितरण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *