बेलौरीमा महाकाली क्याम्पसद्वारा जनचेतनामूलक कार्यक्रम

समाचार

बेलौरीमा महाकाली बहुमुखी क्याम्पसद्वारा नोभल कोरोना भाइरस (कोभिड १९) सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । आइतबार कोरोनाको संक्रमणबाट आफू पनि बचौँ र अरुलाई पनि बचाउँ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गरिएको हो । क्याम्पसका विद्यार्थीहरुले बिभिन्न जनचेतनामूलक नाराका साथ बेलौरी बजार परिक्रमा गरेका थिए ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी सबैमा जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख सुरज श्रेष्ठले बताए । साथै उनले यस कार्यक्रमबाट कोरोनाबिरुद्ध सतर्कता अपनाउन सम्पूर्णमा हौसला जाग्ने विश्वास समेत व्यक्त गरे ।

त्यस्तै, कोरोना भाइरस सम्बन्धी जानकारीमूलक सन्देश तथा यसबाट बच्ने उपाय समेटिएको पर्चा पम्पलेटहरु समेत नारा लगाइएका क्षेत्रमा पर्ने घर र पसलहरुमा वितरण गरिएको क्याम्पसका स्वास्थ्य समिति संयोजक लक्ष्मी बोहराले जानकारी दिए । कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुका साथै प्राध्यापकहरुको उल्लेखनीय सहभागित रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *