प्रचण्डलाई भेटेर प्रदेश प्रमुखले सुनाए गुनासा

Uncategorized

प्रदेशका प्रमुखहरूले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। आइतबार बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा सातै प्रदेशका प्रमुखहरूले भेटेका हुन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार, उनीहरूले प्रदेशमा कर्मचारी र भवनको अभावबारे गुनासो गरेका थिए।

‘उहाँहरू यहाँ आउनुभएको थियो, प्रदेशमा कर्मचारीको अभाव र भवन निर्माण लगायतका विषयमा अध्यक्षज्यूसँग छलफल गर्नु भयो’ सचिवालय स्रोतले भन्यो ‘पार्टी अध्यक्षले सरकारलाई प्रदेशका विषयमा दबाब दिनुपर्‍यो भनेर भेट्नुभएको हो।’

स्रोतका अनुसार प्रदेश प्रमुखहरुले प्रचण्डलाई सुझावपत्र नै दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *