पर्यटकीय सहरमा ‘कोरोना कहर’

समाचार

देशकै पर्यटकीय सहर भनेर चिनिने पोखराको लेकसाइड यतिबेला सुनसान बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रामा प्रतिबन्ध लगाइएपछि पर्यटकको सङ्ख्या न्युन भएको हो ।

अधिकांश विदेशी पर्यटकले भरिभराउ हुने पोखरा यतिबेला सुनसान छ । अङ्गे्रजी महिना मार्च, अप्रिल, मेमा पर्यटक आउने सिजन भए पनि यतिबेला भारतीय पर्यटकबाहेक अरू कमै मात्रामा देख्न सकिन्छ ।

ट्रेकिङ ऐजेन्सी एसोसिएसन अफ नेपाल टानका अध्यक्ष हरि भुजेलले कोरोना भाइरसका कारण सिजनकै समयमा पर्यटक नआउँदा पर्यटन व्यवसायी ठूलो मारमा परेको बताउनु भयो । सरकारले नोटिस जारी गरेर भिसा बन्द गरेकेले आउँदै गरेका पर्यटक पनि बुकिङ रद्द गरेको भुजेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *