कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते

समाचार

कञ्चनपुर: बेदकोटमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बेदकोट नगरपालिका–६ मुसेपानीका भीम सुनारको घरमा चट्याङ पर्दा आमा र छोरा घाइते भएका हुन् ।

शनिबार बिहान करिब ८:३० बजेतिर चट्याङ लागेर आमा र छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए ।

चट्याङले घरमा समेत क्षति पुगेको र घरमा लगाइएको विद्युतको मिटर वायर जलेको बताइएको छ । घाइते दुवै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *