एसईईको प्रश्नपत्रमा दोहोरो सिलबन्दी

समाचार

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ६ देखि हुने एसईईको प्रश्नपत्रलाई दोहोरो सिलबन्दी गरेको छ । गत वर्ष सिरहामा प्रहरी कार्यालयबाटै प्रश्नपत्र बाहिरिएर प्रदेश २ मा परीक्षा स्थगित गर्नुपरेकाले यस वर्ष थप सजगता अपनाइएको बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार पहिला सबै विषयको प्रश्नपत्र छुट्टाछुट्टै खाममा राखेर हरेक परीक्षा केन्द्रका लागि कपडाको एउटा थैलामा सिलबन्दी गरेर पठाइन्थ्यो ।

यसपटक खामबन्दीपछि पनि प्रत्येक विषयको प्रश्नपत्र छुट्टाछुट्टै कपडाका थैलामा सिलबन्दी गरेर पठाइएको छ । गत वर्ष कपडाको मूल पोकाको सिलबन्दी तोडेपछि खामभित्र रहेका अन्य विज्ञान र सामाजिक विषयका प्रश्नपत्र बाहिरिएको भेटिएको थियो । प्रदेशपिच्छे फरक/फरक प्रश्नपत्र हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *