समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्यांक लुकाएर राखेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको भन्दै दु:ख व्यक्त गरे।
अहिले कोरोनाभाइरसका कारण विश्वका शक्तिशाली देशहरू गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप समेत उनले लगाए।
‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ?’
भारत सरकार भारतले विदेशबाट आउने सबै आगन्तुकको भिसा अप्रिल १५ सम्मका लागि स्थगित गरेको कुरालाई उदृत गर्दै उनले भने, ‘भारतले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सबै देशबाट आउने आगन्तुकको भिसा स्थगित गरेको छ तर नेपाल सरकारले लापरवाही गरिरहेको छ, नेपालमा जुनसुकै देशबाट आउने व्यक्तिलाई कोरोना नभएको प्रमाणपत्रको आधारमा मात्र प्रवेश मिल्छ।’

