कोरोनासम्बन्धी सही सूचना प्रवाह भएन: महानिर्देशक श्रेष्ठ

समाचार

स्वास्थ्य विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले कोरोनासम्बन्धी सही सूचना प्रवाह नभएको बताएका छन् । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित स्वास्थ्य विज्ञ र पत्रकारहरुबीचको अन्तरक्रियामा उनले कोरोना सम्बन्धि सूचना सही ढंगबाट प्रवाह नहुँदा शारिरिक मात्र नभएर अन्य क्षेत्रमा पनि प्रभाव परिरहेको बताएका हुन् ।

महानिर्देशक श्रेष्ठले कोरोना संक्रमणको जोखिमलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै उनले मन्त्रालयले हटलाइन/कलसेन्टर बनाउने तयारी गरिरहेको जानकारी दिए। कल सेन्टर २ देखि ३ दिनिभत्र सञ्चालनमा आउने उनले बताए।

यस्तै सरकारले देशभरका सीमा नाकामा हेल्थ डेस्क सञ्चालन भइरहेको जनाएको छ। कोरोनाको संक्रमणको जोखिमलाई न्यूनिकरणका लागि ४१ नाकामा हेल्थ डेस्क सञ्चालन भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *