काठमाण्डाै – भारतीय टिमका कुनै समयका उत्कृष्ट स्पिनर हरभजन सिंहले आफ्नो रोजाइको टेस्ट इलेभनको छनोट गरेका छन् ।
उनले आफ्नो टिममा तीन जना भारतीय खेलाडीहरुलाई समावेश गरेका छन् । तर याे टिममा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी र विराट कोहलीलाई भने स्थान दिइएको छैन् ।
हरभजन सिंहले ईएसपीएनको अनलाइन म्यागजिन ‘द क्रिकेट’ सँग कुरा गर्दै आफ्ना टिमको चयन गरेका हुन् । उनले यस टिममा त्यही खेलाडीहरुलाई चुनेका छन्, जोसँग उनले खेलेका छन् वा जाेविरुद्ध उनले खेलेका छन् ।
हरभजन सिंहको टिममा भारतबाट विरेन्द्र सहवाग, सचिन तेन्दुलकर र राहुल द्रविडलाई शामिल छन् भने अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिगलाई टिमका कप्तान बनाइएको छ । श्रीलङ्काका कुमार संगाकारा यस टिममा विकेटकीपिङको जिम्मेवारी सम्हालेका छन् ।

