वडाध्यक्षले कुटे कार्यालय सहयोगी

समाचार

घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्षले आफ्नै कार्यालय सहयोगीलाई कुटेका छन्। अध्यक्ष भिमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्।

उनले शुक्रबार दिएको निवदेनमा आफुलाई कार्यालयमै अध्यक्षले घोक्राएको तथा कुटपिट गरेको आरोप उल्लेख छ।

निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीले आफूलाई विनाकारण तथानाम गाली-गलौज गरेको तथा बारम्बार तर्साउने गरेको कुरा उल्लेख गरेका छन्। उनले निवेदनमा वडा अध्यक्षलाई पक्राउ गरी कानुनी कारवाही गर्न माग पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *