छ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थल बुटिक बन्दै

समाचार

विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ ।

अबको छ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णरुपमा बुटिक विमानस्थल बनाइनेछ । बुटिक विमानस्थलको अन्तिम तर मुख्य काम अन्तरराष्ट्रिय टर्मिनल बाहिरपट्टिको क्षेत्रमा छानो हाल्ने ‘क्यानोपी’ राख्न बाँकी छ । यो पनि ठेकेदारले साथ दिए छिट्टै सकिने विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चालु आर्थिक वर्ष अर्थात अबको छ महिनाभित्र विमानस्थ बुटिकका रुपमा रुपान्तरण भइसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थललाई बुटिक बनाउने काम लगभग सकिने क्रममा छ, अबको मुख्य काम भनेको क्यानोपी राख्ने हो, यो काम पनि रफ्तारमा अघि बढ्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *