कैलालीमा नाबालिका र सुस्त मनिस्थितिकी युवती बलात्कृत, दुई जना पक्राउ

समाचार

धनगढी : कैलालीमा नाबालिका र सुस्त मनिस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। नावालिका बलात्कार गरेको आरोपमा चुरे गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय नरेशनाथ योगी र सुस्त मनिस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय दिल बहादुर चौधरी पक्राउ परेका हुन्।

योगीले गोदावरी नगरपालिकाकी १६ वर्षीया नावालिकालाई विद्यालय जादै गरेको अवस्थामा डेरामा लगेर बलात्कार गरेको आरोप लागेको छ। त्यस्तै चौधरीले जानकी गाउँपालिका वडा नम्बर ४ मुनुवाबाट बा १० च १८३९ नम्बरको स्कारपियोमा लगेर २१ वर्षीय सुस्त मनिस्थितिकी युवतीलाई जोशीपुर गाउँपालिकाको वडा नम्बर ४ झवहीमा लगेर गाडीभित्रै बलात्कार गरेको आरोप लागेको छ।

दुवै घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *