कपिलवस्तु – हुलाकी राजमार्ग निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीका ६ ओटा गाडीमा नचिनेका मानिसहरुकाे समूहले आगजनी गरेको छ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका राजमार्गअर्न्तगत लोहारौलाको सडक निर्माण गरिरहेको २ वटा एक्स्काभेटर, २ वटा ब्याक हो लोडर र २ वटा पिक अपमा आगजनी भएकाे हाे ।
कार्यालयमा रहेका कर्मचारीको कोठामा बाहिरबाट चुकुल लगाइदिएर गाडीमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । आगलागीको खबर पाएलगत्तै कृष्णनगर नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो ।
शिवराज नगरपालिका-९, तुरुन्तपुरमा पनि निर्माणाधीन सडक किनारमा राखिएकाे स्काभेटरमा आगजनी भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयाे । आगजनीबाट ६ वटै गाडीमा नोक्सान पुगेकाे छ ।
घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु लेखिएको पर्चा भेटिएकोे प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

