सुन साह्रै महँगो : प्रति तोला ८० हजार ५ सय

समाचार

नेपाली बजारमा सुन अत्यधिक महँगो भएको छ । बुधबार सुनको मुल्य प्रति तोला ८० हजार ५ सय पुगेको छ ।

एक दिनमै तोलामा २२ सयले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय कारोबार भएको थियो ।

आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *