धनगढी,
नेकपाको सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेला धनगढीमा जारी रहेको छ । नेकपाका बरिष्ठ नेता माधब कुमार नेपाल लगायतका केन्द्रिय नेताहरुको सहभागीतामा भेला संचालन भैरहेको छ ।

प्रदेश भरिका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको भेलालाइ नेकपाका नेताहरुले सम्बोधन गरि रहेका छ । नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा भैरहेको भेलामा पार्टीको आगामी बाटो र हाल सम्मको समिक्षा लगायतका बिसयमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेताहरु इश्वर पोखरेल, नारायण काजी श्रेष्ठ ,प्रदेश इन्चार्ज भिम रावल, लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा, प्रतिनिधिसभा सदस्यहरु, प्रदेशका मुख्य मन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरु लगायतको सहभागिता रहेको छ ।


