सतर्कता अपनाउन दोहास्थित नेपाली दूतावासको अपिल

अन्तर्राष्ट्रिय समाचार

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको छ ।

कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराएको हो ।

संक्रमण देखिएपछि इरानबाट कतार फर्केका ३६ वर्षीय पुरुषलाई आइसोलेसनमा राखिएको छ । संक्रमीत व्यक्ति फर्केका जहाजबाट आएकाहरूलाई पनि कतारले क्वारेन्टाइनमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *