रमेश प्रसाद भट्ट
फागुन १४, कञ्चनपुर ।
राष्ट्रपति विद्यादेवी भण्डारी १६ गते कञ्चनपुर आउन लाग्नु भएको छ । भ्रमण गरौ, अवलोकन गरौ, प्रकृति संग रमाऔ भन्ने मुल नाराका साथ भिमदत्त नगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाटा पर्यटन महत्सको विशेष समारोहलाई सम्बोधन गर्न कञ्चनपुर आउन लाग्नु भएको हो ।
भीमदत्त नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रचार गरी पर्यटन प्रर्वद्धन गर्न यही फागुन ०९ गते देखि १९ गतेसम्मका लागि तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ आयोजना गरिएको हो ।
राष्ट्रपति आउनु हुने भएपछि उहाँको स्वागताका लागि कञ्चनपुरको महेन्द्रनगरमा भव्य तयारी भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो १ बजे भीमदत्त नगरपालिका वडा नम्बर १६ मा रहेको मझगाउँमा आयोजना गरिने उक्त कार्यक्रममा सम्बोधन गर्नुहुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कञ्चनपुर खबरलाई
जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरमा राष्ट्रपतिको सुरक्षार्थ तयारी थालिएको छ । सुरक्षा निकायका सबै युनिटलाई परिचालन गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ ।

